टिसिएल को नयाँ क्युलेड फोरके टीभी सार्वजनिक

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २४ गते।

आइएचएसबाट प्रमाणीत विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत ईओएल प्रालिले नयाँ क्युलेड फोरके टीभी सि७२८ मोडेल र फोरके युएचडी एआई टीभी पि७२५ मोडेल आफ्नो टङगाल स्थित शोरुमबाट ग्राहकहरु र पत्रकार माझ सार्वजनिक गरेको छ। टिसीएलको नयाँ क्युलेड फोरके टीभी सि७२८ मोडेल ५५” र६५” इन्चमा उपलब्ध छ भने फोर केयु एचडीएआईटीभीपि ७२५ मोडेल७५” इन्चमा उपलब्ध छ।

क्युलेड फोरके टीभीको क्वान्तम डट डिस्प्ले टेक्नोलोजीले शतप्रतिशत रङको मात्रा प्रदान गर्नुका साथै दृश्यको अरबौ क्वान्तम डट तहहरुलाई फिल्टर गरेर जिबन्त दृश्य सम्प्रेषण र अधिकतम गुणस्तर प्रदर्शन गर्दछ। यो टीभीले उच्चगुणस्तरको अन्तरक्रियात्मक भिडियो गेमिङ र होम इन्टरटेन्मेन्ट चाहने ग्राहकहरुको लागि पनि बिशेष आयाम थपेको छ। यो टीभीमा १२० हर्जएम.इ.एम.सि.उच्च रिफ्रेश रेट डाइनामिक कम्पेन्सेसन रहेको छ जसले दृश्यलाई अझ स्मूथ बनाउछ। यसमा उपलब्थभ्यारीएबल रिफ्रेशरेट, अटो लो लेतेन्सी मोड, इएआरसी प्लस प्रोपाइटरी सफ्टवेर अल्गोरिथमले खेलकुदको आश्चर्यजनक दृश्य प्रदान गर्नुका साथै छिटो चल्ने एक्सन दृश्यहरु पनि बिना कुनै ढिलाई सम्प्रेषण हुन्छ। यो टीभीमा उपलब्ध डल्बी भिजन आइक्युफिचरले डाईनामिक मेटा दाटा र प्रकाश सेन्सर प्रयोग गरेर कोठाको प्रकाशको अवस्था अनुसार दृश्यको ब्राइटनेस र कन्त्रास्ट समायोजन गरेर दृश्य अनुभबलाई अझ मनोरन्जनात्मक बनाउछ।

यो टीभीमा उत्कृष्ट ध्वोनी अनुभबको लागि डल्बी एट्मोस फिचर र ओन्क्योको थिएटर लेभलसाउन्ड सिस्टम र साउन्ड बार रहेको छ। यो टीभी स्मार्ट फोनबाट पनि सन्चालन गर्न सकिन्छ, स्मार्ट फोनमा भएको कन्टेटहरु पनि टीभीमा चलाऊन सकिन्छ र साथै यो टीभी सरल भोईस कमाण्डबाट पनि चलाऊन सकिन्छ। यो टिभीमा ३ वर्षको वारेन्टी रहेको छ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *