आज थपिए २ सय ५९ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख १९ हजार ५१४पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २४ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ५९ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १९ हजार ५१४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख ०६ हजार २३७ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ ।

One thought on “आज थपिए २ सय ५९ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख १९ हजार ५१४पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *