अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ११ गते।
सशस्त्र प्रहरी बलले रिक्त पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ ।
सशस्त्र प्रहरी बलले जम्मा १,२२३ जनाको बिज्ञापन खुला गरेको छ ।

जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, सशस्त्र प्रहरी सहायक निरीक्षक १३७ र जवानमा सबैभन्दा धेरै ७५५ जना माग गरिएको छ ।
त्यस्तैगरी सशस्त्र प्रहरी परिचरका लागि १२८ जनाको लागि बिज्ञापन खुला गरिएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले आजैबाट असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्नेछन् ।