अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता,भदौ ११ गते।
अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ ।
पक्की पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ ।
भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको र अत्यावश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।