नेपाल विद्युत प्राधिकरणले झन्डै साढे तीन सय जना नयाँ कर्मचारीका लागि विज्ञापन खुलायो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १८ गते।

तीन सय जना भन्दा बढी नयाँ कर्मचारीका लागि नेपाल विद्युत प्राधिकरणले विज्ञापन  खोलेको छ।

प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो।

अधिकृत र सहायकस्तरमा सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका  लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।

असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *