अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १८ गते।
कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी गरिएको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ ।
वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।