अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १८ गते।
नेपालमा फिल्म छायांकन गर्न बलिउड अभिनेता अमिताभ बच्चन आउने भएका छन्।
नेपालमा बेलाबेला हलिउड-बलिउड फिल्मको छायांकन भइरहेको हुन्छ।
पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ हो। त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’लाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियो । नेपालमा ‘वेब सिरिज’को छायांकन हुने क्रम पनि बढ्दो छ।
भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन्। पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन्।