अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ४ गते।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।
यस वित्तीय संस्थाले हाल नेपालका ६४ वटा जिल्लामा १४९ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ ।
यस संस्थाले मौजुदा शाखा कार्यालय, अनुगमन कार्यालय तथा केन्द्रीय कार्यालयका लागि देहायबमोजिमको जनशक्ति आवश्यक पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट मिति २०७८ पौष १८ गते कार्यालय समयभित्र निम्न ठेगानामा आइपुग्ने गरी तोकिएको नमूना बमोजिमको रीतपूर्वक दरखास्त आह्वान गरिएको छ ।


