सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खस्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २३ गते।

सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ ।

कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २:५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । 

जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको छ । अर्का एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बसमा कतिजना सवार थिए र बसको नम्बर कति हो भन्ने खुल्न सकेको छैन ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *