अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, माघ १४ गते।
समाज सेवा र उधोग व्यावसायमा कृयासिल निरन्जन अग्रवालले हचुवाको भरमा विभिन्न पत्र पत्रिका र अनलाईन मार्फत आफुलाई बदनाम नगर्न आग्रह गरेका छन।
वीरगंज महानगरपालिका वडा नम्बर १० आर्दशनगर निवासी युवा उधमी अग्रवालले पछिल्लो केहि समय देखि झुठ्ठा आधार प्रमाणलाई प्रयोग गरि केहि समाचार माध्यममा आएको समाचार प्रती ध्यानकर्षण भएको जनाउदै यथार्थ बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्।
अनलाईन न्युजपाटी संग बुल्दै निरन्जन अग्रवालले आफु आफ्नो उधोग व्यावसायमा नियमित कृयाशिल रहेको अवस्था छ भने आफु विरुद्धको कुनै किसिमको मुद्दा परेको जानकारी समेत नआएको भए पनि केहि संचार माध्यमले भ्रामक समाचार प्रकाशन गरेर दिगभ्रमित गर्ने प्रयास गरिरहेको ऊहाले गुनासो ब्यक्त गर्नु भएको हो।
अग्रवालको भन्नाइ अनुसार पटकपटक नरेश ठाकुर भन्ने व्यक्तिले आफु विरोध फर्जि कागज बनाएर विभिन्न निकायमा पटकपटक मुद्दा दिने गरेकोले नरेश ठाकुर माथि उल्टे अग्रवालले नै झुठा उजुरी दिएको र जलसाजि मुद्दा सम्मानिय पर्सा जिल्ला अदालतमा चलेको अवस्थामा रहेको बताउनु भयो।
सम्मानिय पर्सा जिल्ला अदालतमा दिएको मुद्दालाई प्रभावित हुने गरि झुठ्ठा समाचार सम्प्रेषण गरने र नगराउने समेत आग्रह गर्नुभएको हो।
अग्रवालले मलाई पटक-पटक झुठ्ठा मुद्दा दिएर प्रताडित गर्ने ठाकुर स्वयम दुई देशको नागरिक भएको निजका बावु भैयाराम ठाकुर माथि भारतको विहार राज्य स्थित मोतिहारी अदालतमा रहेको कर्तव्य ज्यान मुद्दाको मिसिलबाट प्रष्ट भईसकेको भए पनि निजले मलाई मान्सिक यातना दिने उदेश्यले झुठ्ठा प्रचारवाजी गरिरहेको अग्रवालले बताउनुभयो ।
आफु नियमित आफ्नो उधोग व्यवसायमा कृयाशिल रहि समाज सेवा गर्दै आएको जिकिर गर्नु भयो।