स्वास्थ्यकर्मी चापागाईको नेतृत्वमा घर घरमा बच्चा खोज्दै

अनलाईन न्युजपाटी शहबाज खान, कपिलवस्तु समाचारदाता, माघ १५ गते।

नेपालमा बर्सेनि बालघातक सरुवा रोग बाट कैयौं बालबालिका पीडित हुनेगरेका छन् भने कपिलवस्तु जिल्ला पनि अछुतो रहने कुरै भएना । बालघातक सरुवारोग कुनै सरुवा विषाणु , जीवाणुको संक्रमण बाट बालबालिका को स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । यस्ता सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदि माध्यम बाट एक अर्कामा सर्ने गर्दछ।बालघातक रोगहरु लहरे खोकी,भ्यागुते रोग,धनुषटंकार , क्षयरोग, पोलियो, दादुरा आदि रहेका छन् ।

यी रोगहरु लागेमा बालबालिका को बेलैमा उपचार नभए मृत्यु समेत हुन सकने भएको हुँदा बालबालिकालाइ यस रोग विरुद्ध को खोप लगाइ शरीरमा प्रतिरक्षात्मक शक्ति निर्माण गराएर रोकथाम गर्नपर्ने हुन्छ ।

तशर्थ सबै बालबालिकाको जीवन सुरक्षित गर्नका लागि नेपाल सरकार ले यस्ता रोग विरुद्ध निःशुल्क खोप लगाउने व्यवस्था गरेको हुनाले सबै आमाबाबुले आफ्नो शिशु बालबालिकालाई खोप लगाइ उनीहरुलाइ सरुवा रोग बाट सुरक्षित राख्नु पर्दछ।

यसैक्रममा कृष्णनगर नगरपालिका लाई बैशाख मासान्त सम्म पूर्ण खोप नगर घोषणा गर्ने लक्ष्य लिइएको छ र सो खोप कार्यक्रमलाइ सफल बनाउनको लागि संघ संस्था, जनप्रतिनिधि आमजनमानस , पत्रकार , सुरक्षाकर्मी लगायत सबै को साथ र सहयोग चाहिने हुँदा आआफ्नो स्तर बाट पूर्ण सहयोग गर्नाको लागि यस पालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले आग्रह गरेका छन। उक्त कार्यक्रम लाई सफल बनाउनको लागि विद्यानगर स्वास्थ्य चौकीको अगुवाई मा आज कृष्णनगर नपा वडा नं १० लाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना का लागि गाउँ गाउँ घरघरमा पुगी स्वास्थकर्मि द्वारा घरधुरी सर्वेक्षण कार्य गरिएको छ ।

उक्त सर्वेक्षण कार्यमा विद्यानगर स्वास्थ्य चौकी प्रमुख लक्ष्मी चापागाई , अनमी विजयलक्ष्मी श्रीवास्तव,अहेवा सुरेन्द्र प्रसाद चौधरी , सुआहारा का पालिका पोषण सहजकर्ता पृथ्वीपाल तेली रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *