यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ १५ गते।

बुधबार क्यामरुनमा यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ । २९ जना गम्भीर घाइते भएका छन् ।

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।

“दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,” स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने ।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३:३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो ।

सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *