चिसो बढेपछि सशस्त्र प्रहरीले मिलाए आगो ताप्ने व्यवस्था

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, माघ १७ गते।

अत्याधिक चिसो बढेपछि बॉर्डर आउट पोस्ट भिल्मीले  सार्वजनिक स्थानहरुमा आगो बाल्ने अभियान सुरु गरेको छ l चिसो र शितलहर बढेपछि जिल्लाकाे जनजीवन प्रभावित बन्न पुगेकाेले  बिओपी भिल्मीले विभिन्न स्थानहरुमा  दाउरा बालेर स्थानीयलाई आगो ताप्ने व्यवस्था मिलाएको बॉर्डर आउट पोस्ट भिल्मीका प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनुभएको छ  ।

उनले चिसो बढेका कारण स्थानीयहरुलाई चिसोकै कारणले समस्या परेकाले आफूले कर्मा चौक,भिल्मी चौक,कुशवा लगायत विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको उनले बताए । बिओपी भिल्मीले  सार्वजनिक चोक , मानिसहरुको जमघट हुने स्थानहरुमा आगो बाल्दै आएको छ र  चिसो कम नहुन्जेल सम्मा  यसलाई निरन्तरता दिने प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *