अत्तरिया देखि धनगढीको क्याम्पस रोड सम्म शुक्रबार धनगढीमा मोटरसाइकल ऱ्याली प्रदर्शन

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ १६ गते।

प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालद्धारा अत्तरिया देखि धनगढीको क्याम्पस रोड सम्म शुक्रबार धनगढीमा मोटरसाइकल ऱ्याली प्रदर्शन गरिएको छ ।

माघ १७ गते धनगढीमा आयोजना हुन लागेको जनसभाको पूर्वसन्ध्यामा अत्तरिया देखि धनगढीको क्याम्पस रोड सम्म मोटरसाइकल ऱ्याली निकालिएको हो ।

मोटरसाईकल ऱ्यालीको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले गरेका हुन ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *