प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गर्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १६ गते।

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपाल जसपा ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज शुक्रबार बसेको जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

पार्टीले माघ २९ गतेसम्मको कार्यक्रम घोषणा गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा. डा. बाबुराम भट्टराईले ट्विट गरेर जानकारी दिएका छन्।

उनका अनुसार माघ २३ मा जिल्ला, माघ २५ मा संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका र माघ २९ मा वडा तहमा पुत्ला दहन, मसाल जुलुस लगायत कार्यक्रम गर्ने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *