चोरीको मोटरसाइकलसहित एक युवक धनुषाबाट पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ १८ गते।

चोरीको मोटरसाइकलसहित एक युवक धनुषाबाट प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका ३ रजोखैर बस्ने बर्ष १८ का रोहीत यादव सहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवाचोकमा शनिबार  दिउँसोपार्किङ गरी राखेको ज.८प.८७७५ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो ।

धनुषाधामधनुषाको चेकिङटोलीले चेक जाँचको क्रममा अपराहन्न पौने ५ बजे उक्त चोरीको मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको डीएसपीले बताए ।

उक्त मोटरसाइकल र पक्राउ परेका मानिसलाई हाल ई.प्र.का. महेन्द्रनगर धनुषामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *