संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, माघ १८ गते।

कपिलवस्तु कृष्णनगर नगरपालिका ६ भिल्मी घर भएको संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लिखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हातपात गरेका छन l

कृष्णनगर नगरपलिका ६ भिल्मीमा जनता आवास कार्यक्रम अन्तर्गत बन्दै गएको घरमा कमसल इटा प्रयोग भइरहेकाे समाचार लेखेपछि वहांलाई निर्माण समितिका जावेद आलम र तिनका भाई ताहिर खानले गाली गलौज गरि ज्यान मार्ने धम्की दिएका छन l ज्यान मार्ने धम्की आएपछि पत्रकार कमलेश चंद्र गुप्ताले सुरक्षाको माग गर्दै प्रहरी चौकी भिल्मीमा उजुरी दिएका हुन ।

पत्रकार भई समाचार संकलन सम्प्रेषण गर्दा अनेको बाधा अवराेध आउने गर्छन तर निडर भई समाजलाई सुसुचित गराउन पत्रकारिताको धर्म रहेकोले समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की दिने र गाली गलौज, हातापाई गर्ने जस्तो कुकृतिप्रति प्रेस क्लब आफ कृष्णनगर र अवधी पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । साथै पत्रकार गुप्ताको ज्यानमाल सुरक्षा पत्रकार गुप्तालाई धम्की दिने व्यक्ति जावेद आलम र ताहिर खानलाई तत्काल कारवाही गर्न प्रेस क्लब ऑफ़ कृष्णनगर र अवधी पत्रकार संघ नेपालले सम्बन्धित निकायसंग जोडदार माग गरेको बिज्ञप्तिमा समेत उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *