अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ १७ गते।
भारतको राजधानी दिल्लीमा इजरायली राजदूतावास परिसरमा शुक्रबार साँझ बम विष्फोट भएको थियो।
भारतको राजधानी दिल्लीमा भएको बम विष्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ।
विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेका दिल्ली प्रहरीले जनाएको छ ।
बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । भारतका लागि इजरायली राजदूत रोन माल्काले बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भारतसँग मिलेर भइरहेको जानकारी दिएका छन् ।
यसैगरी दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले चर्चामा आउने उद्देश्यले कसैले बम विष्फोट गराएको हुन सक्ने बताएका छन् । उनले बम विष्फोटबाट भौतिक क्षति नभएको जानकारी दिएका छन् ।
राजधानी नयाँदिल्लीमा बम विष्फोट भएपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयहरुमा सुरक्षा बढाइएको छ ।