अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ १७ गते।
शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख हरिनारायण महतोले बताउनुभयो ।

शितलहरको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी नगरपालिकाले माघ २१ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो विदा दिएको मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
जाडोको समयमा बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।