सिरहाको बरयारपटी १ स्थित यज्ञको सम्पुर्ण तयारी पुरा

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, फागुन २८ गते।

सिरहाको बरयारपटी गाउँपालिका वडा नम्बर १ स्थित नरगीमा श्री सीताराम महाबिष्णु यज्ञ सुरु हुने भएको छ। स्थानीय राम बाबु साह सुडी को अध्यक्षतामा यज्ञ हुने तय भएको छ ,भने यज्ञकर्ता श्री श्री १०८ श्री बाबा राम चरीत्र दासजी महाराजले यज्ञ गर्न लागेको हो।
बाबा दास का अनुसार समाजमा रहेको बिकृती र बिसंगति लाई उन्मुलन गर्ने र आफु हिन्दु हो भन्दै बिश्व शान्ति नेपाल, हिन्दु राष्ट्रिय कायम होस ,सनातन धर्म पुस्तै पुस्ता कायम रहिरहोस भने अभिप्रायले यज्ञ को प्रारम्भ गर्न लागेको पत्रकार समेलनमा जानकारी दिनु भयो। ५० लाख को आर्थिक लगानीमा यज्ञ सुरु भएको छ।
स्थानीय तह गाउँपालिका बाट ५ लाख सहयोग गरेको छ् भने बाकी क्षिमेकी गाउँहरु बाट चंन्दा संकलन गरी यज्ञको आर्थिक सहयोग जुटाउने समाज सेबि शिब देब साह ले जानकारी दिनु भयो।यज्ञको कलस यात्रा चैत ४ गते बुधबार बिहान ७ बजे देखि सुरु हुने र यज्ञको आरम्भ चैत ५ गते बिहीबार,आर्थिक मामिला तथा योजना मंन्त्री बिजय कुमार यादव ले यज्ञको उदघाटन गर्ने कुरा तय भएको छ।
साथमा गापा अध्यक्ष सन्तोष कुमार यादव लगायत बिबिन्न राजनीति दलका पर्तिनिधिहरुको सहभागिता रहने सम्बन्धित वडा का अध्यक्ष नेवा लाल यादव ले जानकारी दिनु भयो ।कलस यात्रामा १० हजार कलस रहने र दर्शन अभिलाशिहरुको उल्लेखनीय सहभागिता रहने र यज्ञ चैत ५ गते देखि चैत १३ गते शुक्रबार सम्पन्न हुने यज्ञकर्ता बाबा रामचरित्र दासजि महाराज ले पत्रकार समेलनमा जानकारी गराउनु भयो।
यज्ञमा २५० स्वम सेवक परिचालन रहने र नेपाल प्रहरी र शस्त्र प्रहरी को समेत सुरक्षा रहने स्थानीय समाज सेबि लक्षमी प्रसाद यादव ले जानकारी दिनु भयो । यज्ञ हेर्न आउने भारत लगायत टाढाका भक्त जन र दर्शनअभिलासि हरुको लागी नि: सुल्क खाना र बासको व्यवस्था यज्ञ समितिले गर्ने भएको अध्यक्ष राम बाबु साह सुडि र यज्ञ सल्लाह कार भोगेन्द्र प्रसाद यादवले बताए ।
मेलामा प्रत्येक दिन दस हजार अर्सन अभिलासिहरु भित्रीयाउने यज्ञ समितिको अनुमान रहेको छ।यज्ञ आकर्षकको लागी कार्यक्रमहरुमा कथा बाचिका साधबि कृष्णा किशोरी जि, बिन्दाबन , रासलिला र रामलिला, शान्ति नावम कुण्ड, चरीत्र रामायण पाठ , रामनाम जाप, झुल्ला कार जिप मोटरसाईकल सर्क्स , १२१ मुर्ति नवकुण्ड मणडब लगायतका धार्मिक सांस्कृतिक प्रोग्रामहरु रहने यज्ञ समितिको अध्यक्ष साहले जानकारी दिनुभयो ।
यज्ञ अबधि भरिमा आस्पासमा माछा मासु र मदिरा जन्य पेये पदार्थहरु पुर्ण रूपमा बन्द रहने यज्ञ समितिले निर्णय गरेका छन् । यदि उक्त पदार्थहरु बेचेको फेला परेमा समितिको निर्णय अनुसार कानुनी कार्बाहि गर्ने समितिले बताउनुभयो ।यज्ञमा खानेपानी को लागी चपा काल ५ र दिसा पिसाबको लागी सौचालय ५ को समेत सुबिधा रहेको छ।
यज्ञ बाट भएको आम्दानी समितिको निर्णय अनुसार कुनै धार्मिक काम र मठ मन्दिरमा लगाउने पत्रकार समेलनमा अध्यक्ष साह ले प्रतिबधता व्यक्त गर्नु भयो । करिब ४० बर्ष पुर्व स्थानीय रबिबिहारी ले रामजान्की मन्दिरको नाममा सबा २७ काठठा जग्गा मन्दिर लाई दान गरेको स्थानीय एक वृद्धले बताउनुभयो ।
उक्त जग्गा केहि बर्ष अगाडि देखि स्थानीय मोहोमद वकिल र छोरा मोहोम्द मुस्तुफा ले उक्त जग्गा मोहियानी हकदाबी गरी खनजोत गारी भोगचलन गर्दै आएका छ्न । उक्त जग्गाको हलदार मोहोमद वकिलको मन्जुरीमा र स्थानीय सरकारको अनुमति लिई यज्ञ गर्न लागेको हो । यज्ञ सकिने लगत्तै उक्त जग्गामा रामजानकी मन्दिर निर्माण र गूठी रहने यज्ञ समितिले बताए ।
मुर्ति कालाकार सिरहा ईटहर्वाको राजेन्द्र पंडित र सहायक हनुमान पंडित ले मुर्ति तयारी गर्ने जिम्मा लिएका हुन् ।
बिश्व हिन्दू परिषद नेपाल कायम रहिरहोस हिन्दू सामजलाई संगठित गर्दै सामर्थ्य सम्पन्न बनाउने र हिन्दू धर्म आस्था संस्कृति र सामाज माथी कुनै पनि बाह्य धर्मको हस्तक्षेप नहोस र समाजिक बिभेद विषमता छुवाछूत निर्मुलन गरी सामाजिक समरस्ता निर्माण गर्न र सामाज संगठित सशस्कत बनोस भने उदेश्यले उक्त यज्ञको आर्म्भ भएको बाबा राम चरीत्र दास र वरिष्ठ समाज सेबि शिब देब साहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *