लागू औषध सहित एक प्रहरी जवान रौतहटमा पक्राउ

अनलाईन न्युजपाटी रौतहट,समाचारदाता,फागुन २८ गते।

लागू औषध सहित एक जना प्रहरी जवानलाई नै रौतहट प्रहरीले पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान कमल धामी रहेका छन् ।

उनीसँगै मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सत्यनारायण कुमरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूराकीको आधारमा चन्द्रनिगाहपुर बजार क्षेत्रमा ना ५८ प ९५४८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो लागुऔष बरामद भएको प्रहरी उपरीक्षक शाहले बताए ।

प्रहरी कर्मचारी नै भएपनि गैरकानुनी काम गर्ने धामीलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रहरी उपरीक्षक शाहले बताए । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *