कृषि बिकास शाखा लक्ष्मीपुर द्धारा किसान लाई नि:सुल्क बिसादी वितरण

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, चैत १२ गते।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नि:सुल्क तिन दिने बाली उपचार तथा परामर्श सिबिर सुरु भएको छ्।पालिका भित्र रहेको किसानहरुको उपज बडाउने उदेश्य ले उक्त शिबिरको आयोजना गरेको कृषि प्रसार अधिकृत ईन्द्र नारायण चौधरी ले जानकारी दिनु भयो।

गाउँपालिका १ पिपराबाट सुरु गरेको सिबिर दोस्रो दिन महेशपुर ३ र तेस्रो दिन सितापुर प्रध ६ मा हुने भएको छ। कृषि बिकास शाखा लक्ष्मीपुर पतारीको प्राविधिक सहायक चतुर नारायण चौधरीले जानकारी दिनुभयो। किसानहरुको बाली पहिचान गरी उक्त बिसादी वितरण गर्न लागेका छन्।

बाली प्रयोग साला सिरहाको अधिकृत मानन चौधरी ले बालि पहिचान गरी उपचार तथा परामर्श सहित ५ किसिमको बिसादी दिने गरेको सकुन्तला कुमारी साह ले जानकारी दिनु भयो।किसानहरुले लगाएको बालिनालीमा लागने रोग मद्य्ये लाही,पम्येपिङ्ग,मधुवा लगायतका रोगहरु बढी नै लागने गरेको हो।

बाली बिज्ञय चौधरी ले रोग पहिचान गरी बिसादीहरुमा साईपर मेथिन ,सुपर किलर,जिमिरा मलटी पलेक्स,बायो किटानासक लगायत ५ किसिमको बिसादी निसुल्क रुपमा किसानहरुलाई दिने गरेका छन्।

बिगत केहि महिना अगाडि किसानहरुलाई च्याउको बिउ निसुल्क रूपमा गाउँपालिकाले वितरण गरेका प्राविधिक सहायक चतुर नारायण चौधरी ले बताए। बाली उपचार र परामर्श लिन र बिसादी लिन किसानहरुको भिड लागेको थियो । बिसादी पाउदै किसानहरु  खुशी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *