अनलाईन न्युजपाटी जनकपुर,समाचारदाता,चैत १४ गते।
धनुषाबाट लागुऔषध पाँच किलो गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित डेरागरि बस्ने ५२ वर्षीय जिवन साह र वडा नम्बर १५ बस्ने ३९ वर्षीय रविन्द्र साह रहेको प्रहरीले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका– २४ बसहियास्थित सिक्स लाईन बाटोमा मोटरसाईकलमा आएका दुबैजनाले गाँजा वेचबिखन गरिरहेको अवस्थामा सदापोशाकका विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिवन सवार ना २८ प ५७३९ नम्बरको मोटरसाईकल र रविन्द्र सवार ज ११ प ८७६९ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा झोलाबाट पाँच किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गाँजा सम्बन्धमा उनीहरुसँग सोधपुछ गर्दा जिवनले रविन्द्रलाई बेच्नकालागि ल्याएको खुलेको छ ।
दुबैजनालाई पक्राउ गरि लागु औषध मुद्दामा ७ दिन म्याद थप गराई थप अनुसन्धान भइरहको डिएसपीले जानकारी दिए ।