चितुवा र रेडपाण्डाको छाला सहित ८ जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १४ गते।

चितुवा  र  रेडपाण्डाको छाला सहित दैलेखमा ८ जनालाई प्रहरीले पक्राउ गरेको  छ । 

नौमुलेबाट दैलेख बजारतर्फ शनिबार विहान ३ बजेतिर वन्यजन्तु ओसार–पसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा नारायण नगरपालिका वडा नं. ३ खुर्सानीबारी पिपल चौतारा नजिकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरोको टिम र दैलेख प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको कमाण्डमा खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको दैलेख प्रहरीले जानकारी दियो । 

कर्णाली प्रदेश ०२००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जिपमा नौमुले गाउँपालिका–२ देखि दैलेख बजार (नारायण नगरपालिका) तर्फ आईरहेको अवस्थामा गाडीलाई चेकजाँच गर्दा बन्यजन्तुका छाला बरामद गरी वन्यजन्तु ओसार–पसार गरिरहेको पाईएको हो,’ प्रहरी निरीक्षक सुनारले बताए । 

पक्राउ पर्नेमा नौमुले गाउँपालिका– ३ नाउँले बस्ने बर्ष ५१ को धन बहादुर मगर, वडा नं.–१ लेली बस्ने बर्ष ३३ को कबिराम अधिकारी, वडा नं.– ४ बस्ने बर्ष १९ को गाडीको  चालक रोशन बस्नेत, वडा नं.– २ बस्ने डिल बहादुर पुरीको छोरा बर्ष ३३ को  धन बहादुर पुरी,  वडा नं.– ३  बस्ने बर्ष २२ को  दल बहादुर खत्री,  २  मै बस्ने  बर्ष ४५ को  हस्त बहादुर थापा रहेका छन् ।   

यस्तै  भगवतीमाई गाउँपालिका वडा नं. १ बस्ने बर्ष २७ को गोबिन्द थाप र २  नम्बर वडामा बस्ने  बर्ष ५६ को धन बहादुर रावतलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *