कोभिड एक्सन टिम पर्सालाई धन्यवाद दिदै उधोग बाणिज्य संघ पर्सा द्धारा सहयोग

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,जेठ २४ गते।

मिति २०७८ जेष्ठ  २४ गते पर्सा मा कोभिड एक्सन टिमले (cat) माहामारिमा गरिब निमुखालाई नि:शुल्क भोजनको व्यवस्था तथा सहयोग गरेकोमा  बिरगंज उधोग बाणिज्य संघ पर्साका अघ्यक्ष सुबोध गुप्ताले धन्यवाद दिदै सहयोग गरेको छ ।

सुबोध गुप्ताले ,बरिस्ठ उपाध्यक्ष ,उपाध्यक्ष ,महासचिवको उपस्थितिमा कोभिड एक्सन टिम (cat)का संयोजक तथा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महम्द अंसारी, कोभिड एक्सन टिम (cat) का सदस्य तथा नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेल, कोभिड एक्सन टिम (cat) का सदस्य तथा ने क पा का प्रतिनिधि संजिव मिश्रा, कोभिड एक्सन टिम (cat) का सदस्य ज.पा .का जिल्ला सचिव तबरेज आलम, कोभिड एक्सन टिम (cat) का सदस्य ए माओबादी का प्रदेश सदस्य बाबुराम कौशिक, कोभिड एक्सन टिम (cat) का सदस्य तथा पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवाल,जिल्ला समन्वय समितिका सदस्य रिजवानुल हकलाई नगद रु २५०००/- ,२००० पिस मास्क,५० थान सन्टाईजर सहयोग सवरुप प्रदान गर्नुभयो । साथै अध्यक्ष गुप्ताले कोभिड एक्सन टिम (cat) का टिमलाई आउने दिन मा पनि सह्योग गर्ने बताएका छन।

        त्यसै गरि कोभिड एक्सन (cat) टिमले कोरोना महामारी को बेला  हामिलाई सहयोग गर्ने उधोग बाणिज्य संघलाई कोभिड एक्सन टिम (cat)  को तर्फ बाट धेरै-धेरै धन्यवाद  व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *