गुडिरहेको टिपरमा सिरहामा आगलागी

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,असार ९ गते।

सिरहाको कर्जन्हा नगरपालिका-१० प्रयागपुरमा गुडिरहेको टिपर बुधबार बिहान आफैं आगलागी हुँदा जलेर नष्ट भएको छ ।

इँटा हालेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

उक्त टिपर बालुवा लोड गरि ढल्केबर तर्फबाट चोहर्वा जाँदै थियो ।

समयमा आगो निभावन नसकिँदा टिपर पूर्ण रुपले नष्ट भएको छ ।

बिच सडकमै जलेको टिपर हटाउन र घटना विषयमा अनुसन्धान गर्न प्रहरीको टोलि घटनास्थल पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *