मर्चवार सामुदायिकका युवाहरुद्धारा एक अतिबिपन्न परिवारलाई राहत प्रदान

ज्ञानेश्वर उपाध्याय असार १३,भैरहवा समाचारदाता

मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं २ बनगाई का एक अति बिपन्न वृद्ध कोहार परिवारलाई  शनिबारका दिन  मर्चवार सामुदायिक बिकास केन्द्रका युवाहरुद्धारा राहत प्रदान गरिएको छ।

                                                     टिनको घर र बृद्धको परिवारमा श्रीमान बाहेक कोइ न भएको तथा  खुट्टामा ठुलो घाउ भएको बे-साहाराको रेडियो मर्चवारका संचालक अनिल तिवारीले सामाजिक संजालमा दु:खद घटना शेयर गरेपछी  संयोजक हीना तिवारी तथा सुभास पान्डेयको पहल द्धारा  पिठो २० केजी चामल २० केजी , आलु,प्याज,तेल, सोयाबीन,नुन सहित अन्य खानेसामग्री र  १०००।- नगद सहित को राहत प्रदान गरि प्राथमिक उपचारको लागि स्वास्थ्य संस्थामा समेत पहल गरिएको हो। 

मर्चवार सामुदायिक बिकास केन्द्रले लकडाउनको अवधीमा खाद्यान्न सहयोग अभियान संचालन गरि  बिगतमा पनि भैरहवा र ओमसतिया तथा मर्चवारका  १२० अतिबिपन्न परिवारलाई राहत प्रदान गरेको थियो ।

बुद्ध जब नेपालका प्रबन्ध निर्देशक सुबास पान्डेय तथा अभियानको  संयोजक हिना तिवारी अभियान सहयोगी बिनय यादव , राजेश चौबे,जगन्नाथ बरुणको उपस्थिति तथा  संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षतामा राहत बितरण सम्पन्न  भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *