रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा आज बिहान झडप हुँदा १५ जना घाइते

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,असार १२ गते।

रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा शनिबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् ।

शनिबार बिहान मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएको एसपी शाहले बताए ।

उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले बताए । ‘घटनामा संलग्न सबै घाइते भएका छन् । अहिले सबैको अवस्था खतरामुक्त छ, उपचार भैरहेको छ,’ एसपी शाहले भने ।

दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको छ । अहिले अवस्था सामान्य रहेको एसपी शाहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *