राष्ट्रवादी नागरिक समाज धनुषा द्धारा ज्ञानेन्द्र शाह ज्यूको ७५ औँ जन्म जयन्ती सभ्यताको साथ मनाईयो

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार २३ गते।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह ज्यूको आज ७५ औँ जन्म जयन्ती रहेको छ

जन्म जयन्तीको अवसरमा आज राष्ट्रवादी नागरिक समाज धनुषा र नेपाल राष्ट्रवादी समुहको संयुक्त आयोजनामा प्रदेश नं-२ को अस्थायी राजधानी जनकपुरधामको जनक चौकमा जन्मोत्सव कार्यक्रमको आयोजना गरि राष्ट्रिय एकताको प्रतीक प्रजावत्सल राष्ट्र नायक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकारको ७५ औं जन्म जयंती राष्ट्रिय गान (श्रीमान गम्भीर नेपाली ) बजाउँदै फुलमाला अर्पण गरि सभ्यताको साथ मनाएका छन्।

जन्म जयन्ती कार्यक्रममा सहभागी सबैले माँ जानकी संग महाराजधिराज सरकारको सुख,शान्ति , सुस्वास्थ्य तथा दीर्घायु जीवन का साथै मौसुफ महाराजाधिराज सरकारबाट पुनः श्रीपेच लगाई नेपाली राष्ट्रिय अभिभावकको भुमिका निर्वाह गर्दै देश र जनताको हितका लागि तथा धर्म ,संस्कृति , परम्परा र पहिचान जोगाउन यथाशीघ्र राजगद्दी प्राप्त गरुन् भनी कामना/प्रार्थना गरेका हुन्।

कार्यक्रममा राष्ट्रवादी नागरिक समाज धनुषाका संयोजक मुन्नु झा, उपसंयोजक नविन झा, कोषाध्यक्ष सुदिप झा , प्रतिनिधि प्रेम झा, नेपाल राष्ट्रवादी समुह धनुषा जिल्ला अध्यक्ष कारी यादव, संस्थापक प्रकाश राणा, जितेन्द्र शाह लगायत राष्ट्रवादी नागरिक समाजका प्रतिनिधिहरुको उपस्थितिमा पुर्व राजा ज्ञानेन्द्र शाहको जन्म जयन्ती मनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *