आज कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २४ गते।

आज कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ ।

‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्याउने छ ।

यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *