प्रतिबन्धित लागुऔषधसहित दुई युवक जनकपुरबाट पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार २४ गते।

प्रतिबन्धित लागुऔषधसहित दुई युवक जनकपुरबाट पक्राउ परेका हुन्

धनुषाको सबैला नगरपालिका ९ भटियन बस्ने २० वर्षीय हर्ष कुमार साह र १९ वर्षीय रोहित कुमार साह लागऔषधसहित जनकपुरबाट पक्राउ परेका हुन् ।

मंगलबार साँझ साढे ६ बजेको समयमा पौडेश्वरबाट मोटरसाइकलमा जनकपुर आइरहेको समयमा जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोक नजिकबाट दुबैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सवारीसाधन चेकजाँचको क्रममा बा. ९३ प. ५१८७ नम्बरको मोटरसाकलमा सवार दुबैजनालाई मोटरासइकलको सिटमा लुकाएर ल्याउँदै गरेको प्रतिवन्धित निट्राभेट ट्याबलेट १० वटा पत्ता, रेक्सकफ डीएक्सएनएफ सिरफ ८ बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *