अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,असार २४ गते।
कान्तिपुर म्यानेजमेन्ट प्रा.लि (Kantipurjob.com) ले जनकपुर स्थित रोयल मिथिला फूड प्यालेसमा एनसेल सेल्स मिट कार्यक्रम मंगलवारका दिन आयोजना गरेको थियो । उक्त कार्यक्रम मा कोविड १९ सम्बन्धी सम्पूर्ण स्वास्थ्य मापदणड अपनाइएको देखिएको थियो ।

उक्त कार्यक्रममा कम्पनी सँग सम्बन्धित कर्मचारीहरु लाई बिषेश गरी Ncell BIZ+ SIM / Ultra SIM को बारेमा प्रशिक्षण दिइएको थियो । साथै ग्राहक मैत्री सेवाहरु अझ बढी जनताहरु को पहुचमा पुर्याउन बिभिन्न कार्य-बिधी हरु को प्रदर्शन गरिएको थियो ।

कान्तिपुर म्यानेज्मेन्टका शिबराम मण्डलको अध्यक्ष्ता मा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै उहाले कान्तिपुर म्यानेज्मेन्ट प्रा.लि. (Kantipurjob.com) ले एन्सेल जस्तै बिभिन्न सेवा प्रदायकहरुको साझेदारी मा बिभिन्न रोजगारीहरुको अबसर सृजना गर्दै आइरहेको र हाम्रो लक्ष्य नै दक्ष जनशक्ती लाई सिपका आधार मा नियुक्ती दिनु रहेको बताउनु भयो ।
