अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन १५ गते।
धनुषामा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।दुर्घटनामा परी घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ।
उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।
तिव्रगतिमा ढल्केबरतर्फबाट जनकपुर तर्फ आउँदै गरेको सरकारी नम्बरप्लेट ज २० ०२ ०००१ ख ००३५ नम्बरको स्कारपिओ पिकअप डाइभर्सनबाट नगइ अनियन्त्रित भएर पुल निर्माणाधिन खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।