महोत्तरीको जलेश्वरबाट १२१ बोरा युरिया मल बरामद

अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन १६ गते।

महोत्तरीको जलेश्वरबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १२१ बोरा युरिया मल सशस्त्र प्रहरीले बरामद गरेको छ ।

शुक्रबार करिब तीन बजेको समयमा जलेश्वर नगरपालिका-५ स्थित पर्सापतैलीका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए ।

भारतबाट ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा १ लाख २१ हजार बराबरको युरिया मल बरामद गरिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल ९ नम्बर गण महोत्तरी जलेश्वरले बरामद गरेको युरिया मल आवश्यक जलेश्वर भन्सार कार्यलयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *