लहानमा अस्पतालमा स्वास्थ्य बिमा सम्बन्धि सम्पुर्ण सेवा उपलब्ध नभएको सेवाग्राहीहरुको आरोप

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,भदौ २८ गते।

लहान ३ स्थित रहेको राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा स्वास्थ्य बिमा सम्बन्धि सम्पुर्ण सेवा उपलब्ध नभएको सेवाग्राहीहरुको आरोप छ ।

बिमा गराएका लहानका सलाम अन्सारी आफना छोरालाई जाँच गराउन जादा त्यस्ता सुविधा नपाएको गुनासो पोखे । डाक्टरले लेखेको औषधी पुरै नपाउनु र औषधी नपाउनुको कारण अस्पताल कर्मचारीलाई सोध्दा गैरजिम्मेवारी पुर्ण तरीकाबाट औषधी सकिएको हुन सक्छ भने जवाफ दिनु कतिको उचित हो भनेर आक्रोस पोखेका थिए ।

नेपाल सरकारद्धरा संचालन भएको स्वास्थ्य बिमा कार्यक्रमबाट सेवाग्राहीहरु असंतुष्ट भएका छन । स्वास्थ्य कर्मचारीहरुले घरघरमा गई स्वास्थ्य बिमा गर्ने गरीन्छ ।

यता स्वास्थ्य बिमा गराएकी अर्का सिरहा धनगढीमाई नगरपालिका १ बाखरकी प्रमिला कुमारी चौधरीको समस्या उस्तै रहेको बताईन। वहाले त झन रिर्पोट दिनमा पनि ढिला गरेको आरोप लगाईन।प्रविधिक तर्फको सबै कर्मचारी गफ चुटनमा व्यस्त देखिएको बताईन ।

अर्का सप्तरी जिल्ला भुसिमहौलियाका सुरेन्द्र प्रसाद चौधरीको गुनासो अर्कै खाले रहेको छ । वहाले भने सुत्केरी बिरामी लिएर आएको छु । यहाँ सुत्केरीको लागी कुनै पनि औषधी निशुल्क नपाईने रहेछ तर अर्को सरकारी अस्पतालमा सुत्केरीको लागी निशुल्क औषधि दिने गरेको बताए ।

यता अस्पताल समितिलाई भेटन जादा कुनै पनि पदाधिकारी अस्पतालमा नभएको दु:ख पत्रकार संग सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *