मुस्कान खातुन माथि एसिड प्रहार गरेको फरार प्रतिबादी मियाँ पक्राउ

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,असोज १४ गते।

पर्सा प्रहरीले एसिड प्रहार गरि फरार रहेको मियाँलाई नियन्त्रणमा लिएको छ।

मिती २०७४ साल भदौ २० गते बिहान ६: २० बजेको समयमा सोही दिन वीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित गणेशमान चोक स्थितमा  रहेको सार्बजनिक सडकमा पिडित १५ बर्षका बालिका  खातुन माथि एसिड प्रहार गरेको घटनामा संलग्न भई सोही दिन पक्राउ परेको प्रतिवादी जिल्ला रौतहट साबिक नरकटिया गाबिस वडा नम्बर २ वाट हाल बसाई सराई गरि वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने वर्ष१७ का सम्साद मियाँको बिरुद्ध ज्यान मार्ने ऊधोग तथा तेजाब प्रयोग गरि अनुहार कुरुप पार्ने समबन्धि कसुरमा अनुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्लाको अदालतको आदेशले मिती २०७६साल १२ महिना १२  गते देखि निजकको संरक्षणको  जिम्मा लगाएको र मिती २०७७ फाल्गुन २६ गते सम्मानित पर्सा जिल्ला अदालतले बाकि कैद ५ महिना १६ दिनको लागि पुन ५ महिना १६ दिन राखि पुन भुक्तानी गर्ने गरि १ बर्ष कैद  सजाय तोकेकोमा फैसला कार्यवन्ययन गर्ने सिलसिलामा फरार रहेका निज सम्साद मियाले प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर २ ईद गाह चोकवाट  संम्सादलाई पक्राउ गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *