अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १४ गते।
माधवकुमार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्।
ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाल बुधबार साँझ ७ बजे उनि भर्ना भएका हुन्।
केही दिन आरामसहित उपचार गर्नुपर्ने भएकाले पूर्वप्रधानमन्त्री नेपाललाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिवले जानकारी दिए ।
स्वास्थ्य संवेदनशीलताका कारण उनीसँग अस्पतालमा भेटघाट गर्न बन्द गरिएको बताइएको छ ।
नेपाललाई भिआइपी उपचार कक्षको डिलक्स क्याबिनमा राखेर उपचार थालिएको छ ।