अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज १४ गते।
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
ज ९ प १९८२ नम्बरको मोटरसाइकलमा सवार भइ औरही गाउँपालिकाबाट जनकपुर आउँदै गर्दा अनियन्त्रित भएर भोइल भन्ने ठाउँमा नहरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा तीनैजना सवार युवकको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपीले जानकारी दिए ।
मृत्यु हुनेमा एक जना अन्दाजी २१ र २२ वर्षीय कुनालकुमार साह छन्। बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी बस्नेतले जानकारी दिए।
तीन जना सवार उक्त मोटरसाइकल तीव्र गतिमा रहेकाले दुर्घटना भएको डिएसपी बस्नेतले बताए।
घटना विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए ।