आईपीएल अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोएल्सलाई ७ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १४ गते।

आईपीएल को गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ।

राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बैंग्लोरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
बैंग्लोरका ग्लेन म्याक्सवेल ३० बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा अविजित रहे भने एवि डिभिलियर्स ४ रनमा अविजित रहे।

विकेटकिपर स्रिकर भरतले ३५ बलमा ३ चौका र १ छक्कासहित ४४ रनमा आउट भए भने कप्तान विराट कोहलीले २५ रनमा रन जोडे। ओपनर देवदत्त पाडिक्कल १७ बलमा ४ चौका सहित २२ रनमा आउट भए। राजस्थानका मुस्ताफिजुर रहमानले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । राजस्थान रोयल्सका ओपनर एविन लेविसले ३७ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए। युवा ब्याट्सम्यान यशस्वी जैसावलले २२ बलमा ३ चौका र २ छक्का सहित ३१ रन बनाएका थिए।

राजस्थानलाई जैसवाल र लेविसले पहिलो विकेटका लागि ८.२ ओभरमा ७७ रनको साझेदारी गरेका थिए। राजस्थानका कप्तान सन्जु स्यामसन १९, क्रिस मोरिस १४, लियाम लिभिङस्टोन ६ र रियान पराग ९ रनमा आउट भए।

बैंग्लोरका हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए भने युजभेन्द्र चहल र शहबाज नदिमले २/२ विकेट लिए। ड्यानियल क्रिष्टियन र जर्ज ग्रेटनले १/१ विकेट लिए।

जितसँगै बैंग्लोर १४ अंकका साथ तेस्रो स्थानमा पुगेको छ भने पराजित राजस्थान ८ अंकका साथ सातौँ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *