जनकपुरधामको देवपुरा रुपैठामा भोलि राती १० बजेसम्मको लागि निषेधाज्ञा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २७ गते।

जनकपुरधामको देवपुरा रुपैठामा भोलि राती १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

आज केही उच्छृङखल व्यक्ति तथा समूहहरुले जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा भन्ने ठाउँमा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

उक्त ठाउँमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ अनुसार भेला, जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ । आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कार्वाही गर्न सक्ने आदेशमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *