अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर २२ गते।
विवाहपञ्चमी महोत्सवको अवसरमा प्रदेश २ मा सार्वजनिक आज सार्वजनिक बिदा दिएको छ ।
प्रदेश २ सरकारले महामहोत्सवको रुपमा मनाउन विवाहपञ्चमीको लागि आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चीको अवसरमा आज बिदा रहेको घोषणा गरिसकेका छन् ।
विवाहपञ्चमीको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रका शैक्षिक संस्थामा तीनदिनका लागि सार्वजनिक बिदा दिएको छ ।