अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर २२ गते।
यूएईमा जनवरीदेखि सप्ताहमा अढाइ दिनको बिदा लागू हुने छ । अर्थात् सरकारी कार्यालयहरुमा सातामा साढे चार दिनमात्रै काम हुनेछ ।
यो बिदा शुक्रबार मध्याह्नदेखि सुरु हुने छ । शनिबार र आइतबारको दिन पनि पूरै बिदा हुने छ । सबै सरकारी कार्यालयहरुमा यो बिदा लागू हुने छ ।
अरु दिनहरूमा भने बिहान साढे सात बजेदेखि दिउँसो साढे ३ बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् । शुक्रबारको दिन भने बिहान साढे सात बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै कार्यालयहरु खुल्नेछन् ।
सो क्रममा घरैबाट काम गर्ने विकल्पसमेत राखेर काम गराइलाई लचिलो बनाइएको छ ।