माओवादी केन्द्रको लहान नगरको अध्यक्षमा हेमन्त यादव निर्वाचित

अनलाईन न्युजपाटी महेश सिंह, सिरहा समाचारदाता, पुस ३ गते।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लहान नगर समितीको चुनावमा लहान नगर अध्यक्षमा हेमन्त यादव निर्वाचित भएको छ। अध्यक्ष पदका लागी माओवादी केन्द्रका प्रभावशालिन नेता बिजय कुमार गुप्ता र दिगज नेता हेमन्त यादवले लहान नगर अध्यक्ष पदका लागी उम्मेद्बारी दिएका थिए।

उक्त मतदानबाट हेमन्त यादवले १०० मत ल्याएको थियो भने प्रतिद्वन्दी बिजय गुप्ताले ९३ मत ल्याएका थिए। नेता हेमन्त यादवले प्रतिद्वन्दी बिजय गुप्ता भन्दा ७ मत बढी ल्याई विजय भएका छन्। अनलाईन न्युजपाटी संग कुरा गर्दै मतदान अधिकृतले भने नेता गुप्ता पनि समान्जक मत ल्याई पराजित हुनु छ।

त्यसै गरी उपाध्यक्षमा दशमी लाल चौधरी, सुधा यादव, फुलगेन सिंह, लहान नगर सचिबमा उमेश प्रसाद साह,सह सचिबमा शैलेन्द्र यादव, कोषाध्यक्षमा जलस देबि दास चयन र निर्वाचित भएका छन्

लहानमा माओवादी केन्द्र ब्यवस्थित भईरहेको छ आउने चुनावमा माओवादी केन्द्रले सकारात्मक प्रतिफल ल्याउने नव निर्वाचित लहान नगर अध्यक्ष हेमन्त यादवले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *