आज थपिए २ सय २० जना कोरोना संक्रमित, कुलसंख्या ९ लाख २४ हजार १ सय ७५ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १४ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय २० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २४ हजार १ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख ११ हजार ५ सय १८ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९०पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *