सप्तरीको बलान बिहुलमा मेयर कप टी २० क्रिकेट शुरु

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  पुस  १७ गते। 

सप्तरीको बलान बिहुल गाउँपालिकामा बलान बिहुल प्रिमियर लिंग प्रथम टी २० मेयर कप क्रिकेट प्रतियोगिता बुधबार दखि शुरु भएको छ ।

कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यपारको अभिधारा, आत्म निर्भर र सुन्दर बलान बिहुल बेल्ही युथ क्लबको मुल नाराको साथ शुरु भएको खेलमा बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले रीबन काटी खेलको उदघाटन गर्नु भएको थियो ।

उदघाटन खेल मौवाहा सप्तरी भरसेस सिरहाको कल्याणपुर बिच खेल भएको थियो । टस जितेर पहिलो व्याटिंग रोजेको मौवाहा शुरुमा निकै नै कमजोर देखिएको थियो ।

बेल्हीको बलान स्टेडियममा शुरु भएको खेलमा जम्मा १६ वटा टिम सहभागी रहने बेल्ही युथ क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव शंकरले बताए ।

गाउँपालिका अध्यक्ष दयानन्द गोईतको प्रमुख अतिथिमा खेल शुरुवात भएको थियो । शुरुवाती क्रममा बोल्दै गोईत भने खेलकुद एउटा समाजको प्रगति हो, खेलाडीहरुको प्रतिभा पहिचान गराउन एउटा छोटे प्रयास हो । यसै प्रयासबाट देशको पहिचान गराउन सकिन्छ, राष्ट्रको पहिचान गराउन सकिन्छ । खेलकुद युवाहरु माथी गर्व गर्ने कुरा पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *