अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस १७ गते।
धनगढीको निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ।
प्रत्यक्षदर्शीका अनुसार धनगढी विमानस्थल जाने बाटो नजिकै मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किएर दुर्घटनामा भएको छ। दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकलाई स्थानीयले उद्दार गरि अस्पताल पठाएका छन्।
प्रहरीले भने दुर्घटनाबारे विस्तृत विवरण प्राप्त नभएको जनाएको छ।