अनलाईन न्युजपाटी कर्णाली,समाचारदाता,पुस १७ गते।
कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगलागी भएको छ।
जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नंको उक्त गाडी भेरी नगरपालिका–७ पुन्मा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्णरूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जाजरकोटको स्याउली बजारमा आयोजना गरिएको प्रचण्ड–नेपाल समूहको कार्यक्रममा सहभागी हुन सिंह उक्त गाडी लिएर जाजरकोट गएका थिए।
बिहिबार राति भेरी नगरपालिका–७ का अध्यक्ष चन्द्र बहादुर शाहीको घर नजिकै गाडी राखेर उनी त्यहाँ बास बसेको प्रहरीले जनाएको छ।