धनुषाको बिदेह नगरपालिकामा रकम लेनदेनका कारण ५ बर्सिय बालकको हत्या गरेको आरोपमा एक महिला पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस १८ गते।

धनुषा बिदेह नगरपालिका वार्ड न.२ दुहबि बस्ने जिवन राय आमातको ५ बर्षीय छोरा अभिनन्दन गत पुस १५ गते बिहान ९ बजेतिर प्रमिला देवीको घर पुगेका थिए ।

त्यस क्रममा प्रमिलाले बालकलाई चाउचाउ खान दिएकी थिइन् । चाउचाउ खाइसकेपछि मध्यान्ह १२ बजेतिर सुत्छु भनेको र प्रमिलाले आफ्नो बुबा ब्रम्हदेव सुत्ने गरेको खाटमा सुताएकी थिइन् ।

बच्चा सुतिरहेकै अवस्थामा प्रमिलाले दुबै हातले घाँटी थिचेर उनको हत्या गरेको प्रहरी समक्ष स्वीकारेकी छन् । हत्या पश्चात बेलुकी ६:३० बजेतिर अँध्यारो भएपछि भैसी बाँध्ने गोठमा सानो खाल्डो खनेर गाडेको प्रहरीले जनाएको छ ।

बालकको शव खाल्डोमा राखेपछि प्रमिलाले सेतो सल र खरानीले छोपेकी थिइन् ।

घटनास्थलमा पुगेको प्रहरीले तत्कालै प्रमिलालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले आफूले बालकलाई हत्या गरेको स्वीकार गरेको प्रबक्ता मिश्रले बताए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उनको हत्या नातामा फुपु पर्ने व्यक्तिले घाँटी थिचेर गरेको फेला पारेको छ ।

‘बालकका अभिभावकले बरु हामीसँग नै प्रमिलाले रकम लिएको बताएका छन्’ मिश्रले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *