अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जले चाइनाको तीन कम्पनीसँग शेयर कारोबार बन्द गर्ने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस १८ गते।

‍अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जले सेनासँग सम्बन्ध भएको आरोप लागेका तीन चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई सूचीबाट निकाल्ने भएको छ।

ट्रम्प प्रशासनले तारो बनाएका तीनै कम्पनी चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकम हङ्कङका शेयरहरू अर्को सातादेखि त्यहाँ कारोबार बन्द गर्ने भएको छ।

तीनै कम्पनीले आफ्नो सबै आय चीनमा गर्ने र अमेरिकामा कुनै महत्त्वपूर्ण उपस्थिति नभएको बताइएको छ।

सूचीबाट हटाउने प्रक्रियालाई अमेरिका र चीनबीचको बढ्दो तनावको साङ्केतिक कारबाही मानिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ कम्पनीमा लगानी गर्न अमेरिकीहरूलाई रोक्ने नियम जारी गरेका थिए।

न्यूयोर्क स्टक एक्सचेन्जले ज्यानुअरी ७ देखि ११ भित्र ती कम्पनीहरूको शेयर कारोबार बन्द गर्ने बताएको छ।

हाल न्यूयोर्क स्टक एक्सचेन्जमा २०० भन्दा बढी चिनियाँ कम्पनीहरू सूचीकृत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *