अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २१ गते।
काठमाडौको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई जनालाई चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरी उपरीक्षकले जानकारी दिए।
आयुष थापा मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाइकल र रोशन लामिछानेलाई वाग्मती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रङ्गको २२० सी.सी. को पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिनुभयो ।
महाशाखाले यो महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि समातेको छ । चोरीमा संलग्न ११ जनालाई पक्राउ गरी मुद्दा समेत चलाइएको छ ।